२० मंसिर, काठमाडौ । जिल्ला वीरगञ्ज महानगरपालिका वडा नगरपालिका १५ बस्ने लक्ष्मनवा राजु डिजल ग्यारेजबाट यस कार्यालयबाट खटिएको टोलीले अनूसन्धानको क्रममा मोटरसाइईकलको टंकीभित्र लुकाइ राखीएको खैरो हिरोइन लागु औषध सहित २ जना पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने वर्ष २६ को रामबाबु ठाकुरले उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको हो

साथै मोटरसाइकल धनी ना.५६ प ५४१७ नम्बरको मोटरसाइकल र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २१ को सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी न्युज24ग्यास्सी लाई आएको हो ।





