Comments Add Comment

Advertisment

SKIP THIS

दुबईबाट डाइपरमा सुन लुकाएर ल्याउने महिला विमानस्थलबाट पक्राउ

१० भदौ , काठमाडौं । दुबईबाट डाइपरमा सुन लुकाएर ल्याउने महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भदौ ९ मा भक्तपुरको भक्तपुर नगरपालिका–८ सुकुलढोका घर भएकी ५६ वर्षीय कविता श्रेष्ठलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रहरीले श्रेष्ठको साथबाट ७७० ग्राम सुन बरामद गरेको छ । फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी श्रेष्ठले सुनको पेस्ट बनाएर स्ल्याक्स भित्र डाइपरमा सुन लुकाएकी थिइन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागी विमानस्थल भन्सार कार्यालयमा बुझाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment