Comments Add Comment

Advertisment

SKIP THIS

नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन् । ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै