Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्रीका वरिपरि थरीथरीका बिचौलिया

१० असार , काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका वरिपरिका दलाल र बिचौलियाहहरुले मध्यरातमा करका दरहरु हेरफेर गर्नका लागि बिचौलियाहरु मन्त्रालयमै पठाएको बिषय विवादमै छ । अर्थमन्त्रालय नै बिचौलिया दीपक भट्टले संचालन गर्दैआएको उनको घर सानेपामा हरेक रात हुने ब्यापारी र अर्थमन्त्रीदेखि मन्त्रीहरुको लर्कोबाट नै प्रष्ट हुँदैआएको छ ।अर्थमन्त्री जनार्दन शर्माका ठूला सेटिङ दीपक भट्टले गर्ने गरेका छन् भने मदिरा लगायतका कारोबारको सेटिङ झापाका कमल सिटौलाले गर्ने गरेका छन् । नेपाल लिक्वेर्स कम्पनीको कर्मचारीका रुपमा चिनाउन चाहने झापाका कमल सिटौलाले मन्त्री शर्माको दाहिने हात भएको बताउँदै उनीमार्फत् काम गराउने भनेर विभिन्न ब्यक्तिहरुसँग डिल गर्ने गरेको आरोप छ ।

मन्त्री शर्माका ज्वाईलाई हिमालयन पुनर्बिमा कम्पनीको सिंत्तैमा सेयरधनी बनाउने काम आफूले नै गरेको भन्न पनि सिटौला पछि पर्दैनन् । विवादित ब्यापारी सुलभ अग्रवालसहितले खोलेको हिमालयन पुनर्विमा कम्पनीमा अनिवार्य रुपमा विमा कम्पनीहरुले १० प्रतिशतको पुनर्विमा गराउनैपर्ने ब्यवस्था वीमा समितिबाट गर्दा ठूलो चलखेल भएको समाचार आइरहेको छ । त्यसमा मन्त्री शर्माका ज्वाईलाई सिंत्तैमा हिमालयन पुनर्बिमाको सेयरधनी बनाएको कुरा सिटौलाले भन्दै हिंडेका छन् ।सिटौलाको घर झापा हो, उनी अर्थमन्त्री शर्माका कुनै नाता पनि पदैनन् तर उनी मन्त्री शर्माको पारिवारिक सदस्य भन्दै बिचौलियाको धन्दामा सक्रिय छन् । मन्त्री शर्माका पारिवारिक भोजभतेरदेखि प्रहरी र सशस्त्रका उच्चअधिकारीका पार्टीमा समेत सिटौलाले मदिराका बोतल पु¥याउने गरेका छन् ।

मन्त्री शर्मासँगको सम्बन्ध भजाएर दलाली गर्दैआएका सिटौलाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सरुवा बढुवा जस्ता काममा पनि धाउने गरेका छन् । प्रहरी र सशस्त्रको जो प्रमुख भए पनि उसको निकट हुने, सरुवा बढुवामा शुभलाभको खेतीमा जुट्ने गरेका छन् । प्रहरी र सशस्त्रका ठेक्कामा समेत उनले सेटिङको काम गर्ने गरेका छन् । उनले प्रहरीका हाकिमका घर घरमा चाडबाडदेखि विभिन्न कार्यक्रमा गाडीमा रक्सी उपहार पुरयाउने काम समेत गर्ने गरेको स्रोतले बतायो । अर्थमन्त्रीदेखि प्रहरी प्रशासनका नाममा विभिन्न काम गरिदिन्छु भनेर डिल गर्ने गरेको आरोपका बारेमा कमल सिटौलाले भने–‘म नेपाल लिक्वर्समा काम गर्छु । तर कहीँ कतै सरुवा बढुवादेखि बिचौलियाको काम गर्ने मानिस होइन ।’

बाह्रसिंगा बियरदेखि ब्ल्याक चिम्नी, ओल्ड दरबार जस्ता मदिराका उत्पादक रवि केसीको एजेन्टका रुपमा पनि उनी चिनिन्छन् । रवि केसीले अन्तःशुल्कका नक्कली स्टीकरदेखि विभिन्न काण्डमा मिलाउन यिनै सिटौलालाई प्रयोग गर्ने गरेका छन् । अर्थदेखि विभिन्न मन्त्रालयमा रवि केसीको एजेन्टका रुपमा उनी धाउने गरेका छन् । कुरिनटारस्थित बाह्रसिंगे बियर उत्पादन गर्ने याक ब्रिविङ कम्पनी प्रालि रवि केसीको हो । जुन उद्योगको बैधतामाथि नै प्रश्न उठिरहेको समयमा उद्योग विभागले बाह्रसिंगे बियर उत्पादनको अनुमति दिएको बिषय अहिले पनि विवादमा छ ।डिष्ट्रिलरी दर्ता भएपछि ३ वर्षभित्र उत्पादन गर्नुपर्ने कानुनी प्रावधानअनुरूप याक ब्रिविङले सो समयावधिमा उत्पादन नगरेपछि उद्योग विभागले अनुमति रद्द गरेको थियो । तर, उद्योग विभागको उक्त निर्णयविरुद्ध सो प्रालि अदालत पुगेपछि अदालतले हाललाई उक्त निर्णय कार्यान्वयन नगर्नु भनी उद्योग विभागका नाममा अन्तरिम आदेश जारी गरेको थियो । यही विवाद लामो समय रहेकै अवस्थामा कम्पनीले बाह्रसिंगे नामको बियर बजारमा ल्याएको थियो । अदालतको आदेश बिपरीत रवि केसीले बाह्रसिंगे बियर उत्पादन गर्दैआएका छन् । उद्योग विभागलाई प्रभावमा पारी उनले अदालतले रोके पनि अनुमति लिएका थिए । रवि केसी मदिरा उद्योगका माफिया नै हुन् ।
नेपाल फेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै