Comments Add Comment

Advertisment

SKIP THIS

चावहिलको क्याफेबाट नुवाकोटका अधिकारीसहित ५ जना रङ्गेहात पक्राउ

१० कार्तिक ,काठमाडौ । अति दुर्लभ वन्यजन्तु रेडपाण्डा मार्ने र छाला बेच्ने कार्य पछिल्ला दिनमा निकै बढेको छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको हाब्रेको छालासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सत्कार क्याफेबाट करिब ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाई भएको हाब्रे को छाला र ६ थान मोबाइलसहित महानगरीय अपराध महाशाखाले ५ जनालाई आइतबार रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घरभई काठमाडौं–६ बस्ने २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घरका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घरभई जोरपाटीका २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइकुण्ड गाउँपालिका–६ घरभई गोकर्ण बस्ने २० वर्षीय दावा घले छन् ।

काठमाडौं चाबहिल क्षेत्रमा हाब्रेको छाला अवैध रुपमा बिक्री गर्न राखेको सूचनाको आधारमा महाशाखाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई उक्त छालासहित आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले न्युज24ग्यालेक्सीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै