Comments Add Comment

Advertisment

SKIP THIS

रिक्त एसएसपीको लागि एसपीहरु प्रतिस्पर्धामा, को-को छन् ?

१६ कात्तिक , काठमाडौ । हाल नेपाल प्रहरीमा तीनवटा प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० को पद रिक्त छ । गत ३ साउनमा एसएसपी अनुराग द्धिवेदी, १ भदौमा विश्वमणि पोखरेल र २४ भदौमा डिल्लीराज विष्ट अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको हो ।

त्यस्तै अर्को एउटा पद रिक्त हुने प्रबल सम्भावना छ । त्यसपछि प्रहरीमा चारवटा एसएसपीको पद रिक्त हुनेछ । यौन दुव्र्यवहार काण्डमा मुछिएपछि एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् ।

पालले एक महिनाअघि नै राजीनामा दिएका थिए । तर, गृहमन्त्रीले उनको राजिनामा रोकेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था ठिक भएपछि पालको राजीनामा स्वीकृत हुने गृह मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

पालको राजीनामा स्वीकृत भएपछि प्रहरी संगठनमा एसएसपीको चारवटा पद रिक्त हुनेछ ।

जसको लागि २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ जेठमा एसपी भएका रविराज पौडेल एसएसपी बढुवाको लागि पहिलो नम्बरमा छन् । त्यस्तै बसन्त रजौरे, नविनराज राई, चन्द्रदेव राई र वीर बहादुर ओली पनि दाबेदार हुन् ।

उनीहरुमध्ये तीनजना राईद्धय र ओली कमाण्डमा कमजोर रहेको बताइन्छ भने पौडेल र रजौरे कमाण्ड क्षमतामा अब्बल मानिन्छन् । त्यसैले यो टोलीबाट दुईजना मात्र पर्नसक्ने सम्भावना छ ।

त्यस्तै एसपी विमल बस्नेत पनि एसएसपी बढुवाको लाइनमा छन् । तर बस्नेत निलम्बनमा परेका अधिकृत हुन् भने पटक पटक विवादित पात्र समेत हुन् । त्यसैले उनको पनि एसएसपी बढुवा हुने सम्भावना कम छ ।

त्यसैगरि २०७५ फागुनमा एसपीको दज्र्यानी चिन्ह लगाएका रमेशकुमार बस्नेत, श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, नान्तिराज गुरुङ, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, बिमलराज कँडेल, भिमबहादुर दाहाल, हिराबहादुर पाण्डे, बिनोद सिलवाल पनि एसएसपी बढुवाका प्रत्यासी हुन् ।

यीमध्ये श्यामकृष्ण अधिकारी, प्रसाई, गुरुङ अघिल्लो बढुवामै छुट्न नहुने प्रहरी अधिकारी भन्दै तत्कालिन बढुवामा चिन्ता व्यक्त समेत भएको बताइन्छ । बढुवा दौडमा रहेका पाण्डे एसपीमा निलम्बन परेका प्रहरी अधिकारी हुन् भने बस्नेत, सिलवाल विवादित छवीमा दर्ज भएका प्रहरी अधिकारी मानिन्छन् ।

यता, प्रहरी महानिरीक्षक ९आईजी० बसन्त बहादुर कुँवरले कार्यसम्पादन मूल्यांकनको आधारमा मात्र बढुवा सिफारिस हुने अड्डी कसेपछि केही विवादित एसपीहरु जसरी पनि बढुवा हुनकै लागि नेताहरुको घरदैलो चहार्न थालेका छन् । उनीहरु कम्मर कसेर बढुवाको दौडमा लागिपरेको स्रोत बताउँछ ।

एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् । उनीहरुको सिफारिसमा मन्त्रीले निर्णय गर्नेछन् ।

त्यस्तै ६ मंसिरमा एसएसपी मधुसुदल लुइटेल र १५ मंसिरमा एसएसपी मोहन प्रसाद पोखरेलले उमेरहदका कारण अवकाश पाउँदैछन् । सम्भवतः एसएसपी बढुवा लुइटेल र पोखरेलको अवकाशपछि हुने सम्भावना बढेको बताइन्छ ।

जतिबेला एकैपटक ६ जना एसपीको बढुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै