Comments Add Comment

Advertisment

SKIP THIS

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

३१ भदौ , काठमाडौ । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् ।

“गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,” युरोपेली संसदको बार्षिक बैठकमा उनले भने ।

उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन् ।

संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गरेकी छिन् । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएकी छिन् ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै