Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा रहेका दोलखाका प्रहरी जवान खड्काको हृदयाघातबाट मृत्यु

१२ मंसिर , काठमाडौ । जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी जवान सुजन खड्काको हृदयाघातबाट मृत्यु भएको छ । शनिबार ड्युटीमा रहेकै बेला खड्कालाई हृदयाघात भएको हो ।

जिल्ला प्रहरीका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार खड्का बिहान १० देखि २ बजेसम्मको ड्युटीमा थिए । ‘ड्युटीकै क्रममा उनी अचानक बेहोस भएपछि अस्पताल लग्यौं,’ डीएसपी रिजालले भने, ‘तर बचाउन सकेनौं ।’

खड्कालाई चरिकोट अस्पतालमा लगिएकोमा चिकित्सकले बेलुका सवा ६ बजे मृत्यु भएको जनाएका थिए । खड्का इलाका प्रहरी कार्यालय गौरीशंकर दोलखामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।

‘प्रहरी परिवारको सदस्यको निधनले हामी पनि अहिले शोकमग्न छौं,’ डीएसपी रिजालले भने । परिवारलाई शव बुझाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै