१५ फागुन , काठमाडौं । सर्लाहीमा लागु औषध गाजाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको ब्रहम्पुरी गा.पा. ४ बस्ने बर्ष २० को तमने साह र बर्ष १८ को मोहम्द शेराज रहेका छन ।
लालबन्दी न.पा.२ जुटपानी नहर स्थित नवलपुर जाने बाटोमा खटिएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाचँ गर्ने क्रममा मलगवा तर्फ जादै गरेको BR 30 W 6564 नं.को मोटरसाईकलमा चामलको सेतो बोरा भित्रलुकाई छिपाई गरी लादै गरेको ९ के.जी.४०० ग्राम लागु औषध गाजाँ सहित मोटरसाईकल चालक र पछाडी सवारलाई नियन्त्रणमा लिएको हो ।
लागु औषध गाजाँ सहित पक्राउ परेका निजहरु माथि प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान कार्य भई रहेको बताए ।


