Comments Add Comment

Advertisment

SKIP THIS

बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ

१८ साउन , काठमाडौ । नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।

लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताए ।

बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै