२४ मंसिर ,काठमाडौ ।मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प.१२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप-महानगरपालिका-१९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी-२ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।




