Comments Add Comment

Advertisment

SKIP THIS

केराबारीमा दुई बालिका मृत फेला, विष खुवाएर मारेको आशंका !

१६ भाद्र , काठमाडौ । मोरङको सुन्दरहरैँचामा एकै घरका दुई नाबालिकाको शव भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र शनिबार दिउँसो नाबालिकाहरु मृत फेला परेका हुन् ।

मृत भेटिनेमा धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की रहेका छन् । मोरङ प्रहरीका अनुसार अर्जुनकी पत्नी २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन् ।

केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । श्रीमान अर्जुनसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको खुलेको छ ।

पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति साढे ८ बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारेजस्तो देखिएको प्रहरीले जनाएको छ ।

बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ । सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको छ । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment