१३ मंसिर काठमाडौ । मोरङको कटहरी गाउँपालिका(५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ ।

५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ ।





