Comments Add Comment

Advertisment

SKIP THIS

टिपरको ठक्करबाट माओवादी नेताको मृत्यु

५ पुष काठमाडौ । रौतहट फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ।

फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।

टिपर चालक भने फरार रहेका छन् । चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए ।

मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्ष अजय तिमल्सिनाले जानकारी दिएका छन् । यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment