Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

७ पुष काठमाडौ । झापाको दमकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-४ मा सवारी दुर्घटना हुँदा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवासको मृत्यु भएको हो ।

मंगलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

गाडी तथा गाडि चालक धनकुटा नगरपालिका-१० का २७ बर्षीय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment