Comments Add Comment

Advertisment

SKIP THIS

आगलागीबाट दुई बालबालिकाको मृत्यु

१२ मंसिर काठमाडौं । राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेरमृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको छ ।

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

काठ र टिनले बनेको घरमा सोलारको व्याट्रि सर्ट भएर आगलागी भएकोहो । घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै