Comments Add Comment

Advertisment

SKIP THIS

माछा मार्न जाँदा गोहीको आक्रमणमा परेर मृत्यु

२४ जेठ , काठमाडौ । राप्ती नदी किनारमा एकजना व्यक्ति मृत फेला परेका छन् ।

चितवन निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको जानकारी दिए ।

उनी माछा मार्नका लागि उज्यालो नहुँदै खोलामा गएको पत्ता लागेको अधिकारीले बताए । निकुञ्ज भएर बग्ने कुनै पनि खोलामा यो बेला माछा मार्न पाइदैन । ‘हामीले बुझ्दा उनी राति नै माछा मार्न गएको पत्ता लागेको छ । शरीरको दाग र अन्य घाउ चोटले उनी मगर गोहीको आक्रमणमा परेको देखिन्छ,’ उनले भने ।

निकुञ्जबाट अनुमतिपत्र नलिएकाहरुले सिमाना भएर बग्ने खोला र नदीमा माछा मार्न पाउँदैनन् । अनुमति लिएकाहरुलाई पनि चैत्रपछि असारसम्म माछा मार्न बन्देज छ । यी तीन महिना माछाको प्रजनन् र भुरा हुर्काउने समय भएका कारण माछा मार्न सबैलाई रोक लाग्ने गरेको उनले बताए ।

यो नियम पालना गर्न र निषेधाज्ञा लागेको समयमा अनावश्यक र अनधिकृत रुपमा निकुञ्ज र नदी तथा खोलामा नजान निकुञ्जले अपिल गरेको छ । तर अटेर गरेर जंगल जाने र माछा मार्ने क्रम बढेको छ । च्याउ टिप्न निकुञ्ज गएका बेला वैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो ।

सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार यो आर्थिक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । जसमध्ये हात्ती, बाघ र गैंडाले आक्रमण गर्दा तीनरतीनजनाको निधन भएको हो । गौरी गाइ, बँदेल र मगर गोहीले आक्रमण गर्दा एकरएकजनाको ज्यान गएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

थप ४४ जना कोरोना संक्रमितको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु