Comments Add Comment

काभ्रेस्थली मा.वि.मा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थली माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्यहरूलाई प्रदान गरिँदै आएको सेवा तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो।

साथै संस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउँदै सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड दिइएको थियो। साधारण सभामार्फत संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सहकारीलाई थप सबल, व्यवस्थित र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै