Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुरमा ५ लाख रुपैयाँ घूससहित पक्राउ

१५ मंसिर काठमाडौ । भरतपुर महानगरपालिका वडा नम्बर २० का अमिन (करार) वीरेन्द्र बहादुर कठायत ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

उनले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घूस मागेको उजुरी अख्तियारमा परेको थियो ।

सो उजुरीपश्चात अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले कठायतलाई एक लाख पचास हजार रुपैयाँ नगद र तीन लाख पचास हजार रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोक लंकुबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले बुधबार जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै