१९ साउन , काठमाडौं । शान्ती प्रकृयामा आइसकेको नेकपा बिप्लव समुहलाई यो सरकारले एकाएक प्रतिबन्ध लगाउनुको पछाडिको कारण के त ?
सोमबार बिहान पाटन उच्च अदालतले विप्लवसहित २५ जना नेताकार्यकर्ताको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । नेकपा महासचिव विप्लव, नेकपा प्रवक्ता प्रकाण्ड, तेश्रो बरियताका नेता विषम, चौथो बरियताकी शिलु, छैटौं बरियताका रणबीर लगायत २५ नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी हुँदा विप्लवसहितका नेताहरु भूमिगत हुने र शान्ती सुरक्षामा खलल आयो भन्ने बहानामा केही राजनीतिक दलका प्रगतिगामी भनिएका नेताहरुको चुनाव सार्ने रणनीति सायद फेल खाएजस्तो छ ।
सत्तामा बसेर यस्तो राजनीतिक चालवाजी फेरि पनि सत्ताकै लागि मात्र गरिरहँदा सायद , श्रीलंकाली जनताले पनि पहिला त्यस्तो सोच बनाएका थिएनन होला । पछि एकाएक राजपाक्ष परिवारवादी हैकम भनिएता पनि उक्त घटना हुनुमा त्यहांका जनताको मात्र आक्रोश होइन बरु एमसीसीको कारण पनि एक हो । र, आगोमा घिउ थपिएकै हो । तर नेपाली जनता त्यति बिध्न लाटा छैनन । अहिलेको परिस्थितीसँग उनीहरु धेरै नजिक छन जसले गर्दा आगामी चुनावमा निर्णायक मत कुन पार्टीलाई दिने भन्ने कुरामा बिस्वश्त नै छन ।






