Comments Add Comment

Advertisment

SKIP THIS

घोराहीमा माओवादीविरुद्ध एमालेले लियो ५ हजारको विशाल अग्रता

०४ जेठ , काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ५ हजार ६७ मतको विशाल अग्रता लिएका छन् ।

मुख्य प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मालाई पछि पार्दै चौधरीले अग्रता लिएका हुन् ।

हालसम्म चौधरीले २७ हजार ६९६ मत प्राप्त गरेका छन् भने माओवादीका उम्मेदवार शर्माले २२ हजार ६२९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेका उपाध्यक्ष उम्मेदवार हुमकुमारी डिसीले २६ हजार ६२८ मतसहित अग्रता लिएका छन् भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले २६ हजार २०६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै