Comments Add Comment

Advertisment

SKIP THIS

चक्कुले अन्धाधुन्ध आक्रमण गरी जर्मनीमा तीनजनाको हत्या

१२ असार ,काठमाडौ । जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरी तीनजनाको हत्या गरेका छन्।

जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेको समयमा यो घटना भएको हो।

ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ।

२४ वर्षका उनको गोडामा गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी आक्रामक र मानसिक रुपमा अस्थिर रहेको तथा हालै मात्र उनले मनोसामाजिक उपचार गराएको खुलेको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment