Comments Add Comment

Advertisment

SKIP THIS

छोरो द्धारा आमाको हत्या

१० मंसिर काठमाडौ ।  पाल्पामा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

६० वर्षीया मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका ८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी सारूले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment