तुलसीपुरमा रड प्रहार गरी श्रीमती चौधरीको हत्या -
Comments Add Comment

तुलसीपुरमा रड प्रहार गरी श्रीमती चौधरीको हत्या

७ माघ ,काठमाडौ । तुलसीपुर उपमहागनरपालिका– ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर शनिबार चौधरीले श्रीमतीलाई रडले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका थिए । स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन् ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर– ४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment