Comments Add Comment

दक्षिणकालीमा युवक मृत फेला

१४ साउन , काठमाडौं । काठमाडौंको दक्षिणकालीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा नुवाकोट घर भएका ३५ वर्षीय धन कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता दाङको घोराही उपमहानगरपालिका-१० चारबगीया बस्ने बिन्दु पुनकी छोरी ३ वर्षीय लिबिसा पुन घर नजिकै रहेको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित श्री देवालय राजाजी जोगिपोखरी मन्दिरको पेटिमा पनि सप्तरी ओद्राहा घर भएका ५२ वर्षीय मिश्रीलाल यादव नाम बताउने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गुल्मी धुर्कोट गाउँपालिका-५ गानटारी छल्दी खोलाको किनारमा ईस्मा गाउँपालिका-६ बस्ने ३८ वर्षीय टिका बहादुर कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन् । ईलामको देउमाई नगरपालिका-१ मैदाने बस्ने ३८ वर्षीय थालुमान राई सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता पर्साको जगरनाथपुर गाउँपालिका-२ दसिता टोलस्थित गण्डक नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

धनकुटामा बेपत्ता युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

तरकारी किन्न बजार गएका युवक मृत फेला

धनकुटामा बेपत्ता युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला