Comments Add Comment

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी हत्या

१४ फागुन, काठमाडौं । पर्साको बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment