१ असोज , काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक रिहा भएका छन् ।

इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो ।

मेयर बालेन भने जात्रामा उपस्थित थिएनन् । उनीहरुलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको दाबी छ ।