Comments Add Comment

Advertisment

SKIP THIS

वाग्मती प्रदेश कै उत्कृष्ट प्रहरी उपरिक्षक गोविन्द थपलिया

.ईश्वर दुलाल

२१ कात्तिक , काठमाडौ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको हो ।

सम्पादनको उच्च कदर स्वरुप सिन्धुली प्रहरीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच आर्थिक वर्ष ०७८/०७९ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भई सोही सम्झौता अनुसार उत्कृष्ट कार्य गरे अनुसार सिन्धुली प्रहरी प्रदेश कै उत्कृष्ट बनेको हो ।

केही महिना अगाडि मात्रै सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी लिएर गएका एसपी गोविन्द थपलिया नेतृत्वको प्रहरीले शान्ति सुरक्षा कायम ,अपराधी समाउने आदि सन्दर्भमा धेरै सुधार गरेको छ ।सिन्धुली प्रहरीले तीन जना युवतीहरुको सामुहिक बलात्कार गरेको आरोपमा ७ जना अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत असोज ३० गते सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ती युवतीहरुमाथि सामुहिक वलात्कार भएको थियो । प्रहरीले उनीहरु सहित अभियुक्तहरुलाई भगाउन सहयोग गर्ने ६ जना आफन्तलाई पक्राउ गरेको थियोे ।अन्य अपराधका घटनामा पनि सिन्धुली प्रहरीले धेरै सुधार गरेको छ । त्यहाँका प्रहरी प्रमुख गोविन्द थपलिया कानुन कार्यनयन तथा गुन्डागर्दी नियन्त्रणमा अब्बल प्रहरी अधिकारीको रुपमा परिचित छन् ।

कार्य सम्पादन सम्झौतालाई वस्तुनिष्ट बनाउन बागमती प्रदेश प्रहरी कार्यालयबाट तयार गरिएको मासिक मुल्याङकन मापदण्ड–२०७८ अनुसार सम्झौता गर्ने कार्यालयहरुको मासिक मुल्याङकन गरी कार्यसम्पादनको स्तर कायम गर्नुका साथै कार्यसम्पादनको क्रममा देखिएका कमिकमजोरीहरु सुधार गर्ने मौका समेत प्रदान गरिदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment