Comments Add Comment

Advertisment

SKIP THIS

हत्या गरेको अभियोगमा पक्राउ

१२ मंसिर काठमाडौं । जयपृथ्वी नगरपालिका ७ वडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका पीरूले सोही ठाउँस्थित दिपेन्द्रको पानी घट्टभित्र दिपेन्द्रलाई गालीगलोज गरेको र दिपेन्द्रले सम्झाउँदा उल्टै बलेको अगुल्टोले प्रहार गरेपश्चात दिपेन्द्रले कुटपिट गर्दै वाहिर धकेल्दा पछारिई घाइते भएका पीरूको उपचारको लागि जिल्ला अस्पताल बझाङ पुर्‍याउँदा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment