Comments Add Comment

Advertisment

SKIP THIS

बेलवारीबाट कार चोरीमा संलग्न रहेका ३ जना लागुऔषधसहित पक्राउ

२४ माघ , काठमाडौं । मोरङको बेलवारीबाट कार चोरीमा संलग्न रहेका ३ जना लागु औषध सहित पक्राउ परेका छन् । बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आइतबार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागु औषध सहित ३ जनालाई प्रहरीले गरेको हो ।

आइतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी-१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनी इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएको थियो । सोहि निवेदनका आधारमा खोजतलास गर्ने क्रममा सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो ।

कार फेला परे सँगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ वर्षीय सुरज गुरुङ , केराबारी -१० का २५ वर्षीय तेज कुमार मगर र केराबारी-७ का २६ वर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागु औषध Diazepam ११ एम्पुल , Avil ९ एम्पुल. Phenergan १० एम्पुल , र lupigesic १० एम्पुल गरी जम्मा ४० एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

लागु औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment