Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वसशस्त्र प्रहरी जवानको कसले गर्यो हत्या ? दुईजना भारतीय नागरिक पक्राउ

९ असोज , काठमाडौ । सोमबार बिहान बारामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव हत्या गरिएको अवस्थामा भेटियो । नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा ३४ वर्षीय अमरेशकुमार सिंहको शव भेटिएको हो ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले सिंहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै बारा प्रहरी प्रमुख सुरेशराज काफ्लेसहितको टोली घटनास्थलमा पुग्छन् । शवको प्रकृति हेर्दा उनको हत्या नै भएको निष्कर्षमा प्रहरी पुग्यो । मृतक सिंहमाथि धारिलो हतियार प्रहार भएकाले शरीरका विभिन्न ठाउँमा चोट देखिएको थियो । र, प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो ।

सिंहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला आफ्नै नजिकका साथीहरुसँग झगडासमेत भएको प्रहरी अनुसन्धानबाट खुल्यो । अनि प्रहरीको अनुसन्धान उनका साथीहरुमाथि केन्द्रीत भयो ।

प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा ४ जनामाथि निगरानी बढायो । जसमध्ये दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । तर, घटनामा संलग्न मुख्य आरोपी फरार छन् ।

सिंहको हत्यामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ९एसपी० काफ्लेले बताए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक साहले केही दिनपहिला मृतक सिंहसँग झगडासमेत भएको प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे ।

पछि गाउँमै खेतीपाती गर्दै आएका थिए । मृतक सिंह पूर्वप्रहरीसमेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत रहेका थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको एसपी काफ्लले बताए ।

मृतक सिंहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको बाराका प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment