Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइनको माध्यबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

२४ जेठ , काठमाडौ । सामाजिक सञ्जालको माध्यबाट यौन दुर्व्यवहार गरेको अभियोगमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक संजालका विभिन्न प्लेटफमहरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा साइबर व्यूरोबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment