Comments Add Comment

Advertisment

SKIP THIS

तामाङ समाज ओमनको आर्थिक सहयोग

२० माघ , काठामाडौं । नेपाल तामाङ समाज ओमनले ओमानमा निधन भएको इन्द्रमाया तामाङको परिवार लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

काभ्रपलाञ्चोक घरभई हाल इमाडोल बस्दै आएको तामाङ परिवारलाई सहयोग गरेको हो । समाजले मंगलबार कार्यक्रम गरि संग्कलन भएको रकम हस्तारण गरेको हो । बैदेशिक रोजगारीका क्रममा करिब १ वर्ष अघि ओमन गएकी तामाङको दुइ महिना अघि मृत्यु भएको हो ।

नेपाल तामाङ समाज ओमनको अध्यक्ष अनिता तामांगको पहलमा जम्मा भएको ४६ हजार १ सय ४५ रुपैया रकम मृतक इन्द्रमाया तामाङको छोरा लाई प्रदान गरिएको हो । अध्यक्ष तामांगले दुखको बेला मानविय भावनाले मृतक तामांगको छोरालाई पढाई खर्चमा सहयोग पुगोस भन्ने सो रकम प्रदान गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बिरामीलाई आर्थिक सहयोग

अनाथ आश्रमलाई आर्थिक सहयोग

Advertisment