१० मंसिर काठमाडौ ।धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ४ का स्थायी घर भई काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका ५ किसिपिडी बस्ने वर्ष ३९ को राजु पुलामी मगरलाई आपनै भान्जाले कुटपिट गरी घाईते बनाई उपचारको क्रममा उनको मूत्यु भएको हो ।

राजू पुलामीको कुटपिट गरी फरार भएका निजको भान्जा जिल्ला धादिङ थाक्रे गाउँपालिका ४ स्थायी घर भएको वर्ष १९ को मिलन लुङगेनी मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

थप आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको जानकारी आएको छ।








