Comments Add Comment

Advertisment

SKIP THIS

आमा र दाइ मिलेर दुई महिनाकी गर्भवतीको हत्या

२१ मंसिर, काठमाडौ । भारतको महाराष्ट्रमा एउटा विभत्स हत्या भएको छ । औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक गर्भवती युवतीको उनकै आमा र दाइले नृशंस हत्या गरेका छन् ।

आइतबार भएको यो हत्यापछि निकै खैलाबैला मच्चिएको छ । आफ्नो आमा–बुवा र परिवारविरुद्ध गएर यी युवतीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेकी थिइन् । त्यसैकारण उनको परिवार उनीसँग रिसाएका थिए ।

हत्याका बेला युवती दुई महिनाकी गर्भवती थिए । यो कुरा उनका आमा र दाइ दुबैलाई थाहा थियो ।​ घटनापश्चात् आमा र दाइले थाना गएर आत्मसमर्पण गरिदिए । साथै प्रहरी समक्ष आफ्नो अपराध पनि स्वीकारे ।

युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे थियो । उनी र उनका श्रीमान् अविनाश थोरै दुबै गोयगांवमै बस्दथे । यो गाउँमा करिब ५ सय जनाको बसोबास छ । 

किशोरी मोटे र अविनाश दुबै एउटै कलेजमा पढ्दथे । कलेजका बेला यी दुईबीच प्रेम बस्यो । यद्यपि, किशोरीको परिवारले छोरीको सम्बन्धमाथि विरोध गरिरहेका थिए ।

तर अविनाश र किशोरी आफ्नो निर्णयमा अडिग भए । त्यसैले मोटे परिवारको विरोधका बावजुद उनीहरुले विवाह गर्ने निर्णय गरे । करिब ६ महिना अघि यस वर्षको जूनमा यी दुईले घरबाट भागेर विवाह गरे।

प्रहरीका अनुसार करिब एक हप्तापछि आइतबार ५ डिसेम्बरमा युवतीकी आमा शोभा र दाइ सञ्जय मोटे उनलाई भेट्न फार्महाउस स्थित उनको घर पुगे । 

किशोरीले दुबैलाई पानी खान दिएर चिया बनाउनका लागि भान्साकोठा तिर गएका बेला आमा र दाइले युवतीको हत्या गरिदिए । भाइ सञ्जयले धारिलो हतियार प्रहार गरेर किशोरीको टाउको शरीरबाट अलग गरिदिए ।

त्यसपछि सञ्जयले काटिएको टाउको बाहिर ल्याएर त्यहाँ भएका मानिसलाई देखाउन थाले । त्यसपछि दुबै काटिएको टाउकोलाई घरमा नै राखेर त्यहाँबाट गए। 

मृतक किशोरी मोटे दुई महिनाकी गर्भवती थिइन् । प्रहरीका अनुसार यो कुराको जानकारी उनकी आमालाई थियो । तरपनि यी दुईले कुनै सोचविचार नै नगरी युवतीको हत्या गरिदिए । प्रहरीले आफ्नो प्रेस नोटमा भन्यो, ‘यो घटनाका बेला उनकी आमा शोभा मोटेले आफ्नी छोरीको खुट्टा समातेकी थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment