Comments Add Comment

कपिलवस्तु प्रहरी प्रमुख कार्की सम्मानित

२८ जेठ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित एक समारोहका बीच कार्कीलाई सम्मान गरेको हो।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला प्रहरी प्रमुख कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए।

कपिलवस्तुमा वैशाख ३० गतेको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। जिल्ला शुक्रबारै स्थानीय तहअन्तर्गत सबै प्रकारमा निर्वाचन सम्पन्न भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै