Comments Add Comment

Advertisment

SKIP THIS

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

१३ साउन , काठमाडौँ । हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका छन् ।

काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक सञ्जाल फेसबुकमार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसंग कुराकानी गर्ने, अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई मोलमोलाई गरेर बल्याकमेल गरी ठुलो रकम माग गर्ने, रोजिना राउतको श्रीमान शेखर बास्तोलाले आफूलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराएको, दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन रोजिनाले आफ्नै श्रीमानलाई नक्कली प्रहरी निरीक्षक भनि मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment