Comments Add Comment

Advertisment

SKIP THIS

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने र दिन लगाउने २ जना पक्राउ

१९ माघ , काठमाडौ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

दोलखाको गौरीशंकर नगरपालिका ५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देव बहादुर श्रेष्ठ र दोलखा घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपाङ्ग्रे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहार सम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमी भक्तपुरले जनाएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

हत्याको आरोपमा २ जना पक्राउ

२३ ओटा छत कछुवा सहित २ जना पक्राउ