Comments Add Comment

स्रोत नखुलेको १७ लाख ६६ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

७ साउन , काठमाडौँ । धनगढीबाट स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद गरिएको रकमसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment