Comments Add Comment

Advertisment

SKIP THIS

पश्चिम रुकुममा काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा २ जना पक्राउ

२७ वैशाख, काठमाडौं । पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नपा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।

सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आईतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पनि झडप भएको थियो । झडपका क्रममा माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमर सिंह खड्काको गाडीमा तोडफोड गरेका थिए । खड्का सवार रा.१ ज १२६५ नम्बरको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५० वर्षीय गणेश खड्कालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

२३ ओटा छत कछुवा सहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ