Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले बुढानीलकण्ठबाट चोरीको सामानसहित २ जना पक्राउ

२५ माघ , काठमाडौं । प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो ।

साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment