Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने : एसएसपी बोहरा

जिल्ला प्रहरी परिसर,काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त सिंहदरबार, प्रहरी बृत्त बानेश्वर , प्रहरी प्रभाग कोटेश्वर र प्रहरी प्रभाग काडाँघारीको निरीक्षण गर्नुको साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्ने कार्यक्र सम्पन्न भएको छ् ।     

काठमाण्डौ प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिनुको साथै प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उदेश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै एसएसपी बोहराले प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्यसम्पादन गर्न गराउन प्ररही कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

साथै प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई गम्भिरताकासाथ नागरिक संवेदनशिलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै