Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

६ साउन , काठमाडौ । पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार आज बिहान ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

उचारका लागि गण्डकी मेडिकल कलेजमा पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment