Comments Add Comment

Advertisment

SKIP THIS

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

१९ माघ , काठमाडौ । कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवेदन खुलाएको आईपीओ बिहीबार बाँडफाँड गरेको हो ।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामूहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरूका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो ।

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै