Comments Add Comment

Advertisment

SKIP THIS

हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

२३ साउन , काठमाडौ । शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए ।

घटनास्थलबाट नेपाल प्रेससँग टेलिफोनमा कुरा गर्दै तामाङले भने, ‘हामी सबै जम्मा भइसक्यौं । यहाँ ५ जनाको शव छ । अहिले शवहरू जम्मा गरिरहेका छौं ।

स्थानीयबासीले उक्त डाँडामा धुँवा देखेपछि खबर गरेको नेपाल प्रहरीले बताएको छ । घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ ।

उनले हेलिकप्टरमा अहिले पनि आगो लागिरहेको सुनाए । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको उक्त हेलिकप्टर अरुण मल्लले उडाएका थिए । हेलिमा अरु ४ जना यात्रु चिनियाँ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment