१३ असोज , काठमाडौँ । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा पुनः एमालेमा फर्किएका छन् ।
आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनले विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेपनि लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको बताएका छन् ।







