Comments Add Comment

Advertisment

SKIP THIS

धनुषाको राजदेवी मन्दिरमा चोरी गर्ने गिरोहलाई धनुषा प्रहरीले चोरी गरेको सरसामानसहित पक्राउ

काठमाडौं । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने चोरको गिरोह पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ गरेका चोरहरूलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरूलाई चोरी गरेको सरसामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताएका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेका छन् ।

मन्दिरबाट चोरी भएको देवीको चाँदीको मूर्ति, गिलास र सुनका मनटिका, नथिया, सिक्री कानको झुम्का लगायतको सुन चाँदी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । सिसिटिभी फुटेजमा कैद भएको दृश्यको आधारमा ह्युमन ईन्टेलिजेन्सको विशेष सहयोगमा चोरको गिरोहलाई पक्राउ गरिएको एसपी खड्काले जनाए । चोरहरू लुकिछिपी भारत छिर्न लागि रहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई जनकनन्दनी गाउँपालिकाको महुवाबाट। बिहीबार अबेर राति पक्राउ गरिएको थियो ।

एसपी खड्काका अनुसार उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ ।

पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१ , तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१ समेत बरामद गरिएको छ ।

त्यस्तै दान पेटिकामा रहेको नगद २÷३ महिना देखी नखुलेको) र नगद ११ हजार ५०० रुपैयाँ समेत बरामद भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै