
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बहालवाला, पूर्व प्रहरी र अमर/अशक्त प्रहरी परिवारका सदस्यहरु लक्षित गरी संचालित “एक महिने ब्युटिसियन तालिम” नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरिएको छ ।
एकता मोर्डन ब्युटिपार्लस तथा ट्रेनिङ सेन्टर बीरेन्द्रनगर सुर्खेतका मूख्य प्रशिक्षक बसन्ती कुमारी बस्नेत लगायतका प्रशिक्षक वर्गबाट संचालन गरिने उक्त एक महिने ब्युटिसियन तालिममा बहालवाला र पूर्व प्रहरीका ३० जना सदस्यहरुको सहभागिता रहेको छ ।
सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने र सेवा नै धर्म हो भन्ने मुल नारा बोकेको नेपाल प्रहरी श्रीमती संघको उद्देश्य अनुरुप बहालवाला, पूर्व, अमर/अशक्त प्रहरी परिवारलाई सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरुको निरन्तरता स्वरुप बहालवाला, पूर्व र अमर/अशक्त प्रहरी परिवारलाई लक्षित गरी यो एक महिने ब्युटिसियन तालिम कार्यक्रम आयोजना गरिएको श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रुपा थापा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, प्रहरी वरीष्ठ उपरीक्षक बीर बहादुर ओली, नेपाल प्रहरी श्रीमती संघ कार्य समिति सदस्य श्रीमती प्रेक्ष्मा गंगोल, नेपाल प्रहरी श्रीमती संघ सह-सचिव श्रीमती अनिता ढकाल अधिकारी, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी कार्य समिति सदस्य श्रीमती भुमिका तारमी घर्तीमगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी राम प्रकाश शाह, सुर्खेतका प्रमुख एसपी योगेन्द्र सिंह थापा लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
साथै सो कार्यक्रमका प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथिहरुलाई आभार तथा धन्यवाद सहित उद्घाटन कार्यक्रम समापन गर्नु भएका कर्णाली प्रदेश प्रमुख डिआईजी लालमणि आचार्यले तालिममा सहभागि सम्पुर्ण प्रशिक्षार्थीहरुले प्रशिक्षक वर्गबाट प्रदान गरिने ज्ञान, सिप र कौशलको दुरुस्त अनुसरण गरी व्यवहारिक जीवनमा कार्यान्वयन गर्न तालिम अवधिभर सक्रिय रुपमा सहभागिता जनाई प्रभावकारी सिकाईको माध्यमबाट आफ्नो जीवन निर्वाह एवम् स्वरोजगारमा सदुपयोग गर्नु हुनेछ भन्ने अपेक्षा साथै तालिमको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।