२३ साउन , काठमाडौ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर आज दिउँसो १ बजेर ५४ मिनेटमा नुवाकोटको शिवपुरी १ स्थित सुर्यचौरमा खसेर आगो लागेका कारण ४ जनाको घटनास्थलै मृत्यु भएको खबर प्राप्त भएको छ ।
हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला० र जेमिङ सी (पुरुष) रहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित सुर्य चौरमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ ।
हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।



