Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी वृत्त बालाजुले समुदाय-प्रहरी साझेदारी अन्तर्गत कोभिड हेल्प डेस्क जनचेतनामूलक कार्यक्रम व्यापक रुपमा सञ्चालन


१५ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले समुदाय-प्रहरी साझेदारी (Community -Police Partnership)अन्तर्गत कोभिड हेल्प डेस्क (Covid Help Desk) स्थापना गरी बालाजु क्षेत्रका विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बालाजु प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

No description available.

No description available.

कोभिड-१९ को नयाँ भेरियन्ट “Omicron”को संक्रमण पुनः विश्वगव्यापि रुपमा फैलिरहेको अवस्थामा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्नका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य मापदण्डहरुको पालना गर्न र गराउन महानगरीय प्रहरी परिसर,टेकु तथा मातहतका प्रहरी बृत्त/प्रभागहरुले काठमाडौंको विभिन्न स्थानमा कोभिड हेल्प डेस्क ( Covid Help Desk) स्थापना गरी प्रहरीले सचेतनामूलक माइकिङ, जिङ्गल प्रशारण, प्लेकार्ड प्रदर्शन तथा तपाइँको माक्स खोई ? कार्यक्रम सञ्चालन गरी माक्स नलगाएका सार्वजनिक यातायातमा सवार यात्रीहरु,नीजि सवारी साधनका चालक,यात्री तथा पैदल यात्रीहरु लगायतलाई सम्झाई बुझाई गरी सर्जिकल माक्स वितरण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरिले बताए ।

कोभिड-१९ को नयाँ भेरियन्ट “Omicron”को संक्रमण पुनः विश्वगव्यापि रुपमा फैलिरहेको अवस्थामा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्नका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य मापदण्डहरुको पालना गर्न र गराउन महानगरीय प्रहरी वृत्त बालाजु तथा मातहतका प्रभागहरुबाट प्रहरीले सचेतनामूलक माइकिङ, जिङ्गल प्रशारण, प्लेकार्ड प्रदर्शन तथा तपाइँको माक्स खोई ? कार्यक्रम सञ्चालन गरी माक्स नलगाएका सार्वजनिक यातायातमा सवार यात्रीहरु,नीजि सवारी साधनका चालक,यात्री तथा पैदल यात्रीहरु लगायतलाई सम्झाई बुझाई गरी सर्जिकल माक्स वितरण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डिएसपीले बताए ।

No description available.

बालाजु प्रहरी वृतका डिएसपी गौतम मिश्रले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाइँको मास्क खै ?’ अभियान फलदायक रहेको विश्वास व्यक्त गरे । 

No description available.

साथै डिएसपी मिश्रले सिनियर,जुनियर प्रहरी अधिकृतहरूलाई कोभिड- १९ को नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढिरहेकोले रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरीएका सूचनाहरूको पूर्ण पालना गरी/गराई आफू पनि सुरक्षित रहँदै नागरिक सेवामा खटिन समेत निर्देशन दिएको बताए । जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उहाको भनाई छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै